आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

निखिलको फिल्म ‘आचार्य’मा भारतीय अभिनेता रोहित चौधरी अनुबन्धित

बुधबार, १४ माघ २०८२, १३ : ३७
बुधबार, १४ माघ २०८२

काठमाडौँ । हिन्दी सिरियलका अभिनेता रोहित चौधरी नेपाली फिल्ममा देखिने भएका छन्। अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको फिल्म ‘आचार्य’मा उनी अनुबन्धित भएका हुन्।

फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेका अनुसार रोहितले केही दिन अघिदेखि नै फिल्मको छायांकन गरिरहेका छन् । पाण्डेले उनी विगत एक सातादेखि नेपाली फिल्मको सुटिङमा व्यस्त रहेको जानकारी दिए । फिल्म ‘आचार्य’मा उनी महत्वपूर्ण भूमिकामा रहने बताइएको छ।

भारतीय टेलिभिजन तथा ओटीटी प्लेटफर्मका स्थापित कलाकार चौधरीले ‘कुमकुम भाग्य’, ‘द्रौपदी’, ‘ब्रम्हराक्षस’, ‘दिव्यदृष्टि’, ‘कयामत कि रात’, ‘प्रेम या पहेली’, ‘अतरंगी’ र ‘चन्द्रकान्ता’ जस्ता थुप्रै लोकप्रिय सिरियलहरूमा अभिनय गरिसकेका छन् । यसका साथै उनी बलिउड फिल्म ‘शेइला’मा पनि देखिएका थिए।

‘आचार्य’की निर्माता अभिनेत्री सञ्चिता लुइँटेल हुन्। फिल्ममा निखिल उप्रेती मुख्य भूमिकामा देखिनेछन् भने उनीसँगै सञ्चिता लुइँटेल, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारी लगायतको अभिनय रहनेछ।

यसै फिल्ममार्फत अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफीमा समेत पाइला चाल्दैछिन्। उनले फिल्मको नेपाली र हिन्दी दुवै संस्करणमा समावेश हुने एउटा गीतको कोरियोग्राफी गर्ने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप