गगन थापाले कहिले नियुक्त गर्छन् मुख्यसचिव ?
सारांश
- नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते राजीनामा दिएका थिए।
- राजीनामा दिएको ८ दिन बितिसक्दा पनि सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन्।
- मुख्यसचिवको नियुक्तिको विषय सभापतिको अधिकार क्षेत्रभित्र पर्ने र छलफलपछि निर्णय हुने बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको रातोपाटीलाई बताएका थिए ।
पौडेलले राजीनामा दिएको ८ दिन बित्दासमेत सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् ।
कांग्रेसमा मातहतका निकायमा पत्राचार, बैठकका निर्णय सार्वजनिक गर्दा र सरकारी कार्यालयमा पत्राचार गर्दा मुख्यसचिवले हस्ताक्षर गर्छन् ।
तर, विज्ञप्ति र पत्राचारमा प्रवक्ता देवराज चालिसेले हस्ताक्षर गर्दै आएका छन् ।
प्रवक्ता चालिसेले सभापति थापा प्रचार–प्रचार प्रसारका क्रममा मधेसमा रहेकाले कुनै छलफल नभएको र मुख्यसचिव नियुक्तिको विषय सभापतिको अधिकार क्षेत्रभित्र पर्ने बताए ।
‘मुख्यसचिवको नियुक्ति सभापतिले गर्ने काम हो । उहाँ प्रचार–प्रसारमा हुनुहुन्छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘उहाँ भोलितिर आउनुहुन्छ, त्यसपछि छलफल भएर निर्णय होला।’
कांग्रेसको पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा थापा चयन भएका थिए । पौडेल त्यो विशेष महाधिवेशनको विपक्षमा थिए ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि थापा सभापतिको रूपमा केन्द्रीय कार्यालयमा पदबहाली गर्न आउने निश्चित भएपछि पौडेलले पदबाट राजीनामा दिएका थिए ।
मुख्यसचिवका लागि पार्टी केन्द्रीय कार्यालयमा सचिवमा कार्यरत कृष्ण दुलालले आकांक्षा देखाएका छन् । उनी पार्टी केन्द्रीय कार्यालयका कर्मचारीहरू विशेष महाधिवेशनको पक्षमा नखुल्दा पनि खुलेर लागेका थिए ।
तथापि थापाले उनलाई नियुक्त गर्ने कि बाहिरबाट राजनीतिक व्यक्तिलाई ल्याउने भन्ने निर्णय गरिसकेका छैनन् । ‘भित्रैका कर्मचारीको बढुवा गर्ने कि बाहिरबाट ल्याउने भन्ने निर्णयमा सभापतिज्यू पुगिसक्नुभएको छैन,’ सभापति थापा निकट एक नेताले रातोपाटीसँग भने ।
पदबाट राजीनामा दिएका पौडेललाई देउवाले १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि मुख्यसचिव नियुक्त गरेका थिए । देउवा १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएपछि पनि पौडेललाई नै निरन्तरता दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण