गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अन्तिम सुनामीको तयारीमा छ : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताए।
- उनले आगामी निर्वाचनका लागि गठबन्धन गर्न आग्रह गर्दै जनविद्रोहबाट फर्काउने चलखेल अस्वीकार गर्ने बताए।
- लामिछानेले फागुन २१ लाई नेपाली इतिहासको महत्वपूर्ण दिनको रूपमा व्याख्या गरे र नयाँ प्रतिपक्षको आवश्यकता औंल्याए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनका लागि जो–जो मिलेपनि मिल्न आग्रह गर्दै भने,' मेरो खुला आग्रह छ— खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ' ।
निर्वाचन मार्फत आएको मत परिणाम स्वीकार्ने उल्लेख गर्दै जन विद्रोहले उखेलेर फालेको पुरानो संसद् षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्विकार्ने उनले बताए ।
फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने लामिछानेले बताए । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उनले बताए ।
उनले भने,'फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन । यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण