सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीलाई महानगर बनाउने कांग्रेस उम्मेदवारको प्रतिबद्धता

मङ्गलबार, २० माघ २०८२, १९ : ०४
मङ्गलबार, २० माघ २०८२

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका बनाउने प्रस्ताव गरेका छन् । 

मंगलबार धनगढीमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले धनगढीलाई महानगरपालिका बनाउनुपर्ने बताएका हुन् । प्रतिबद्धतापत्रमा उनले आफू निर्वाचित भए संघीय सरकारसँग यसबारे पहल गर्ने उल्लेख गरेका छन् । 

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै शाहले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् । उनले सुदूरपश्चिमका विकास परियोजना अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको कोष बनाएर सदनमा आवाज उठाउन पहल गर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप