प्रहरी बनेर ठगी गर्ने थापा मगर पक्राउ
काठमाडौँ । हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनले भने, “वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पासमेत भएको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र रु पाँच लाख रकम दिएमा दाफुरीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेको अभियोगमा निजलाई पक्राउ गरिएको हो ।”
निजलाई काठमाडौँ महानगरपालिका बानियाँटारबाट पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण