ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ
बुधबार, २१ माघ २०८२, ११ : ५६
काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएर ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको घरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई छन् ।
मंगलबार सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आरोपीहरूको साथबाट सशस्त्र प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । आरोपीहरूमाथि अनुसन्धान गर्न स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण