आईफोन र घडीसहित विमानस्थलबाट दुई महिला पक्राउ
बुधबार, २१ माघ २०८२, १८ : १३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलीको आईफोन र एपल वाच सहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ घर भएकी २६ वर्षीय पूर्णिमा लामा रुम्बा र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ घर भएकी ३६ वर्षीया रोशनी श्रेष्ठ छिन् ।
रुम्बाको साथबाट प्रहरीले आइफोन–१३ प्रोम्याक्स एकथान र दुई थान लेनोभो कम्पनीको ल्यापटप बरामद गरेको छ ।
श्रेष्ठको साथबाट दुई थान आईफोन र दुई वटा एपल वाच बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।
आरोपीहरूले सो सामान भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरेका हुन् । कानुनी कारवाहीका लागी प्रहरीले उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण