इटाली पठाउने भनेर बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने गिरोह पक्राउ
काठमाडौँ । इटाली पठाउने भनेर ५ जना बङ्गलादेशी नागरिकलाई काठमाडौँमा बन्धक बनाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
बङ्गलादेशबाट २० दिनअघि ल्याएर उनीहरूलाई बन्धक बनाएर रकम असुली गरेको थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
माघ १९ देखी काठमाडौँको भंगाल स्थित एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले पीडितहरूको उद्धार गरेको छ ।
मंगलबार पीडितहरूलाई उद्धार गरेर आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश घर भएर टोखा बस्ने ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बावु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतिय नागरिक ४१ वर्षीय सरोज कुमार र नुवाकोट घर भएका ३२ वर्षीय नेपाली नागरिक शशि पाठक छन् ।
पाँच जना पीडितसँग आरोपीहरूले काठमाडौँ हुँदै इटाली पठाउने भनेर बङ्गलादेशको ८ लाख रुपैयाँसम्म असुलेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण