शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

तापसी पन्नु अभिनित ‘अस्सी’को ट्रेलर सार्वजनिक

बुधबार, २१ माघ २०८२, २१ : ३१
बुधबार, २१ माघ २०८२

मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु स्टारर बहुप्रतिक्षित फिल्म ‘अस्सी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा तापसी पन्नुले एक सामूहिक बलात्कार पीडितलाई न्याय दिलाउन प्रणालीसँग लड्ने वकिलको भूमिका निभाएकी छिन् । फिल्म फेब्रुअरी २० तारिखमा रिलिज हुँदै छ । 

सामाजिक मुद्दाहरूलाई पर्दामा सशक्त रूपमा उतार्न माहिर निर्देशक अनुभव सिन्हाले यसपटक समाजको एउटा तितो यथार्थलाई फिल्मको विषयवस्तु बनाएका छन् । सार्वजनिक ट्रेलर निकै गम्भीर र प्रभावकारी छ ।

ट्रेलरको सुरुवातमा तापसीले भन्छिन्, ‘अपराध भएको दिन देशभरमा ८० वटा बलात्कारका उजुरी परेका थिए, जसमध्ये ७६ वटाको त अहिलेसम्म ट्रायल (सुनुवाइ) सम्म सुरु भएको छैन ।’ ट्रेलरमा एक महिलालाई कारबाट अपहरण गरी सामूहिक बलात्कार गरेपछि रेलवे ट्र्याक नजिकै अलपत्र अवस्थामा छाडिएको देखाइएको छ। त्यसपछिको प्रहरी अनुसन्धान र न्यायका लागि अदालतमा हुने बहसलाई ट्रेलरमा देखाइएको छ ।

निर्देशक सिन्हाको फिल्ममा तापसीका अलवा कानी कुसरुती, रेवती, मनोज पाहवा, कुमुद मिश्रा र मोहम्मद जीशान अयुब, नसीरुद्दीन शाह, सुप्रिया पाठक, सीमा पाहवाको अभिनय छ । केही समयअघि सार्वजनिक भएको फिल्मको मोशन पोस्टरले निकै चर्चा बटुलेको थियो भने अहिले ट्रेलरले फिल्मप्रति दर्शकको कौतुहलता थप बढाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप