सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् आजको राशिफल

बिहीबार, २२ माघ २०८२, ०५ : ००
बिहीबार, २२ माघ २०८२

सारांश

  • आजको पञ्चाङ्ग अनुसार, वि.सं. २०८२ माघ २२ गते बिहीबार रहेको छ।
  • मेष राशिका व्यक्तिलाई स्वास्थ्य समस्या र दुर्घटनाको योग, वृष राशिकालाई विद्यामा सफलता मिल्नेछ।
  • मीन राशिका व्यक्तिलाई भौतिक सम्पत्ति र प्रेममा सफलता मिल्नेछ।

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल माघ २२ गते । बिहीबार । इस्वी सन् २०२६ फेब्रुअरी ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी, ४८ घडी ११ पला, रातको २ बजेर ७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तराफाल्गुनी, ४५ घडी ८ पला, रातको १२ बजेर ५४ मिनेट उप्रान्त हस्त । योग–सुकर्मा, ४८ घडी २० पला, रातको २ बजेर ११ मिनेट उप्रान्त धृती । करण–बव, दिउँसो ३ बजेर ५६ मिनेट उप्रान्त बालव, रातको २ बजेर ७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४६ मिनेट । दिनमान २७ घडी १९ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर ५२ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म रोग बेला ।
  • बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर २ मिनेटसम्म काल बेला ।
  • दिउँसो ३ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर २४ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर २५ मिनेटदेखि बेलुकी ७ बजेर २४ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर ४० मिनेटदेखि दिउँसो ३ बजेर २ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर १५मिनेटदेखि बिहान ६ बजेर ३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ । हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । तर पनि सामाजिक तथा राजनीतिक काममा खटिनु पर्ने समय रहेको छ । बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गलत लेखाइ अथवा गलत बुझाइले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । तर पनि माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा उद्यौगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । इमान्दारिता र मेहनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । अनावश्यक साइनो गाँस्ने तथा बचन दिनेहरूबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति  कर्मीहरूका लागी समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शरीर कमजोर हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरिहाल्ने समय नरहेकोले केही समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरूकै काममा समय व्यातित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप