बूढानीलकण्ठबाट साढे १८ लाख नगदसहित एक जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट १८ लाख ५० हजार रुपैयाँसहित उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो।
बिहीबार बिहान करिब साढे ४ बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनलाई फेला पारेको थियो। उदयपुर स्थायी घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने किसनलाई चेकजाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार आवश्यक कारबाहीका लागि पक्राउ परेका किसन र बरामद नगदलाई आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण