बेलायत पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ
शुक्रबार, २३ माघ २०८२, ०७ : ०९
काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाएर ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीया कुमारी तामाङ पक्राउ परेकी हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले दुई जना पीडितलाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई रकम लिएर सम्पर्क विहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो।
अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई माघ २१ गते काठमाडौं महानगरपालिका वडा नं. १२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकी उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण