वीरेन्द्रनगरबाट लागुऔषधसहित चार जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय अर्जुन कुमार प्रजापति, कालिकोट नरहरीनाथ गाउँपालिका–९ का १८ वर्षीय रमेश रावल, वीरेन्द्रनगर नगरपालिका–७ की २२ वर्षीया ललिता सिंह ठकुरी र बर्दिया ठाकुरबाबा नगरपालिका–७ का २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरूको साथबाट १ ग्राम ५६० मिलिग्राम लागुऔषध नियन्त्रणमा लिइएको छ ।
‘वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारिएको थियो,’ उनले भने, ‘खानतलासी लागुऔषध नै पत्ता लाग्यो ।’
साथै उनीहरूको साथबाट नाईट्राजेपाम ३१ ट्याब्लेट समेत फेला परेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण