जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका दार्चुला नौगाड गाउँपालिका–२ का २६ वर्षीय भुपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
दार्चुला घर भई हाल काठमाडौँको रामशाहपथ बस्ने ठगुन्नालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले माघ २२ गते सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकैबाट पक्राउ गरेको थियो।
ठगुन्ना विरुद्ध वीरेन्द्रनगर ६४ (परिवर्तित नाम) ले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण