'गोली चलाउने र सिंहदरबार जलाउने काम हुँदैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्छ'
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सिंहदरबार फेरि जल्दैन भन्ने ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ का घटनाको सन्दर्भ जोड्दै आगामी निर्वाचनपछि सरकारले नागरिकमाथि गोली चलाउने र सिंहदरबार जलाउने अवस्था नआउने ग्यारेन्टी नेपाली कांग्रेसले मात्रै लिने जिकिर गरेका हुन्।
उनले भने, 'हामीले मतदातालाई भन्नु पर्छ। एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३ र २४ पनि आउँछ । तर त्यो बेला फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्छ भने त्यो नेपाली कांग्रेसले मात्रै गर्न सक्छ । यो जिम्मा हामी लिन्छौँ । हामी गर्छौँ । देश सम्हाल्ने काम हाम्रो हो ।'
देशभित्र रहेको अविश्वासलाई विश्वासमा बदल्ने जिम्मेवारी पनि कांग्रेसले लिने उनकाे दाबी छ।
उनले भने 'देशभित्र जुन अविश्वास छ, एकअर्काप्रतिको अविश्वासलाई भरोसामा बदल्ने काम हाम्रो हो। नेपाली कांग्रेसले यो बेला सबैसँग संवाद गर्छ। हामी तन्नेरीसँग संवाद गर्छौँ, बुढापाकासँग संवाद गर्छौँ। मधेस, पहाड सबैसँग संवाद गर्छौँ। देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण