जेनजी आन्दोलनबाट पाठ सिक्ने पार्टी कांग्रेसमात्रै होः गगन थापा
सारांश
- गगन थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ सिकेर कांग्रेस सच्चिएको दाबी गरे।
- उनले देश बदल्न अभियानमा कांग्रेस अघि बढेको र तल्लो तहसम्म सन्देश पुर्याउनुपर्ने बताए।
- थापाले पार्टीमा अब कुनै पक्ष र विपक्ष नरहेको भन्दै निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को जेनजी आन्दोलनबाट पाठ सिकेर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नंवर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्न अभियानमा रहको बताएका हुन् । उनले अहिलेको अवस्थामा सबैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन सम्पन्न गरेसँगै कांग्रेस भएको उल्लेख गरे ।
सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए ।
सभापति थापाले अधिवेशनपछि अव पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।
देशमा देखिएको भागबन्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।
त्यस्तै कांग्रेस महामन्त्री एवं काठमाडौँ–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।
महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै दृष्टिकोण र एजेन्डाका आधारमा अरू भन्दा राम्रो बन्न सकिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण