बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हुम्लामा काकाको हत्या आरोपमा भतिज पक्राउ

आइतबार, २५ माघ २०८२, १८ : २६
आइतबार, २५ माघ २०८२

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका–६ स्थित स्यालतडी खोलामा भतिजको कुटपिटबाट घाइते भएका २८ वर्षीय पुस्या लावड ‘पुसे’को मृत्यु भएको छ । 

माघ २१ मा पुसेलाई उनको  भतिज नाता पर्ने ३५ वर्षीय नन्दलाल लावडले कुटपिट गरेका थिए । ग्याबिन जाली भर्ने काम गरिरहेको अवस्थामा नन्दलालको कुटपिटबाट घाइते भएका पुसेको उपचारको क्रममा नेपालगञ्ज स्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजमा शुक्रवार मृत्यु भएको हो । 

आफ्नै काकालाई मादक पदार्थ सेवन गरेर कुटपिट गरी घाइते बताएर भागेका नन्दलालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार साँझ उनलाई सर्केगाड स्थित गिउसी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए । आरोपी विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप