टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आयोजना हुँदै
टीकापुर । टीकापुर साहित्य समाजले 'टीकापुर साहित्य महोत्स'वको तेस्रो संस्करण आयोजना गर्दै छ ।
महोत्सव २०८२ चैत १३ –१५ गतेसम्म आयोजना हुनेछ । यस महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुनेछन् । महोत्सवमा जम्मा २१ बहस सत्रहरू रहनेछन । हरेक बहस सत्र १/१ घण्टाको हुनेछ । नेपाली साहित्यका गम्भीर अध्येता, समालोचक, भाषाविद्, नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता प्रा. डा. माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत् प्रवचन दिनेछन् ।
‘टीकापुर साहित्य महोत्सव– २०८२, थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करण भएकोले यो महोत्सव साहित्य तथा संस्कृतिको संगम हुने बताइएको छ । थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागेको महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए । ‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्त्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहले बताए ।
महोत्सवको थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोक साहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि संवन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबिच छलफल, अन्तर्क्रिया र बहस हुनेछ ।
महोत्सवलाई चार शृङ्खलाहरूमा विभाजन गरिएको छ । महोत्सवको पहिलो शृङ्खलाअन्तर्गत २०८२ चैत ९, १० र ११ गते टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानहरू, विद्यालय तथा उच्चमाध्यमिक विद्यालयहरूमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन गरिने छ । साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव– २०८२ को आयोजन गरिनेछ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैया नगद पुरस्कार र प्रमाणपत्र दिइनेछ । महोत्सवमा सहभागी उत्कृष्ठ कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो शृङ्खलाअन्तर्गत अतिथि आगमनको दिन सहभागीहरूलाई कर्णाली नदीमा जल विहार गराइने छ । त्यहीँ साँझ थारू संस्कृतिको प्रवर्द्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ को आयोजन गरिने छ । महोत्सवको तेस्रो शृङ्खला अन्तर्गत पहिलो दिन महोत्सव समुद्घाटन, बिभिन्न जिल्लाका थारू सांस्कृतिक झाँकी प्रदर्शन, महोत्सव स्मारिका विमोचन, विद्वत प्रवचन, सुदूरपश्चिम कविता महोत्सव पुरस्कार अर्पण, बहस सत्र, काव्य श्रवण र साँझ देशका चर्चित देउडा कलाकारहरूबाट सुदूरपश्चिमका देउडा प्रस्तुत गरिने छ ।
दोस्रो दिन बहस सत्रका साथै गजलश्रवण तथा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको पहिलो र दोस्रो दिनका बहस सत्रहरूमा देशका ख्यातिप्राप्त भाषाविद्, साहित्यकार, कलाकार, पत्रकार, चिकित्सक, शिक्षाविद्, समाजसेवी, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने छ ।
महोत्सवको चौथो शृङ्खलाअन्तर्गत तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सवको विशेष दिन हुनेछ । यस विशेष उत्सवका सात वटा सत्रहरूमा थारू समाज, थारू लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुनेछ ।
महोत्सवको तेस्रो दिनका बहस सत्रहरूमा नेपालको सुदूरपश्चिमको कन्चनपुरदेखि पूर्वको झापा जिल्लासम्मका थारू लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण