मेयर कप क्रिकेटः भीमदत्त र दोधारा चाँदनी विजयी
कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन् ।
प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै दोधारा चाँदनीले पहिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वासले १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो । पुनर्वासका प्रेम ओडले २२ रन र प्रेम खत्रीले २१ रन बनाए । बलिङतर्फ दोधारा चाँदनीका दिपेश खड्का, साजन बिटालु र कैलाशसिंह साउदले दुई दुई विकेट लिए ।
९० रनको सामान्य लक्ष्य दोधारा चाँदनीले १२ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्याे । उसका लागि सन्देश बस्यालले २६ रन र प्रकाशसिंह साउदले १० रन बनाए । बलिङतर्फ पुनर्वासका सिर्जल ओड, रोहन अर्याल र जगदिश बिष्टले दुई दुई विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ दी म्याच दोधारा चाँदनीका दिपेश खड्का घोषित भए ।
त्यसैगरी आजै भएको अर्को खेलमा भीमदत्तले बेलौरी नगरपालिकालाई पराजित गर्याे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भीमदत्तले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर एक सय ७८ रन बनायो । भीमदत्तका लागि किरनकुमार ठगुन्नाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी नरेन्द्र रानाले ३० रन र मिलन बोहराले २२ रन बनाए । बलिङतर्फ बेलौरीका धिरेन्द्र विष्टले ३ र विशाल विकेले दुई विकेट लिए ।
एक सय ७९ रनको लक्ष्य पछ्याएको बेलौरीले निर्धारीत २० ओभरमा ६ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । उसका लागि भरत सिंहले २७ तथा निराजन थापाले २१ रन बनाए । बलिङतर्फ भीमदत्तका पुकार चन्द, प्रकाश थापा, मिलन बोहरा र समिर विष्टले एक एक विकेट लिए । उक्त खेलमा प्लेयर अफ दी म्याच किरनकुमार ठगुन्ना घोषित भए ।
जारी प्रतियोगितामा भीमदत्त नगरपालिकाको यो दोस्रो जीत हो । आइतबार उद्घाटन खेलमा भीमदत्तले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको थियो । दोधारा चाँदनीको भने यो पहिलो जित हो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार पाँच सय ५५ तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण