आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फोक्सोमा रगत जमेर भएको थियो क्याथरीन ओ’हाराको मृत्यु

मङ्गलबार, २७ माघ २०८२, १२ : ००
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • क्यानडेली-अमेरिकी अभिनेत्री क्याथरीन ओ'हाराको फोक्सोमा रगत जमेर निधन भएको पुष्टि भयो।
  • ओ'हाराको मृत्युको दीर्घकालीन कारण रेक्टल क्यान्सर थियो, र उनी मार्च २०२५ देखि उपचाररत थिइन्।
  • ७१ वर्षकी ओ'हाराको निधन लस एन्जलसको अस्पतालमा जनवरी ३० मा भएको थियो।

वासिङ्टन डीसी । क्यानडेली–अमेरिकी अभिनेत्री क्याथरीन ओ’हाराको मृत्यु फोक्सोमा रगत जमेर (पल्मोनरी इम्बोलिज्म)का कारण भएको पुष्टि भएको छ । उनको मृत्यु प्रमाणपत्रमा यसलाई तत्कालीन कारणका रूपमा उल्लेख गरिएको छ । 

मृत्युको दीर्घकालीन कारण भने रेक्टल क्यान्सर बताइएको छ । जनवरी ३० मा लस एन्जलसस्थित एक अस्पतालमा ओ’हाराको ७१ वर्षको उमेरमा निधन भएको थियो ।

दस्ताबेजअनुसार उनले मार्च २०२५ देखि क्यान्सरको उपचार गराइरहेकी थिइन्  ओ’हाराका पति बो वेल्च, दुई छोरा म्याथ्यु र लुक तथा छ जना दाजुभाइ–दिदीबहिनी छन् । पल्मोनरी इम्बोलिज्म फोक्सोको रक्तनलीमा रगत जम्न थालेपछि ज्यान नै जोखिममा पर्ने अवस्था हो ।

यसमा सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कहिलेकाहीँ रगत मिसिएको खोकी पनि लाग्न सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप