अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन
६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च
मङ्गलबार, २७ माघ २०८२, १४ : १३
सारांश
- आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटमध्ये ६ खर्ब, ९० अर्ब ७८ करोड रुपैयाँ मात्र खर्च भयो।
- कुल बजेटको १२.१२ प्रतिशत मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।
- पुँजीगत खर्च कम हुनुमा आयोजनाको तयारी अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता मुख्य कारण रहे।
काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३मा विनियोजन भएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र खर्च भएको छ ।
सरकारले आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड बजेटको रकम विनियोजन गरेको थियो । खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार विनियोजित रकममध्ये ६ महिनामा चालुतर्फ ४१।२५ र पुँजीगततर्फ १२।१२ र वित्तीयतर्फ ४०।९५ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ खर्च कम हुनुमा आयोजनाहरूको पुर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलतासहित भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति कारण रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण