कान्तिपुर कोलोनीबाट लागुऔषधसहित दुई जना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित कान्तिपुर कोलोनीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी–६ घर भई हाल ढोलाहिटी बस्ने २५ वर्षीय घनस्याम बि.क. र रौतहट राजदेवी–६ घर भई चन्द्रागिरी बस्ने ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन्। उनीहरूको साथबाट प्लास्टिकसहित ११.१२ ग्राम खैरो हिरोइन, ५ हजार ५३ क्याप्सुल ट्रामाडोल र १२१ ट्याब्लेट नाइट्राभेट बरामद भएको छ ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने दुई थान डिजिटल तराजु, नगद ५ हजार १०० रुपैयाँ र दुई थान मोबाइल फोन समेत फेला पारेको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण