भारत–पाकिस्तान भिडन्तः कोलम्बोमा वर्षाको खतरा
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बहुप्रतीक्षित खेलमा पाकिस्तानसँग भारतले श्रीलंकाको कोलम्बोमा प्रतिस्पर्धा गर्दैछ ।
तर खेल सुरु हुनुअघि नै भारी वर्षाको सम्भावनाका कारण टस ढिलाइ हुन सक्ने रिपोर्टहरू सार्वजनिक भएका छन् । खेल हुने आर प्रेमादासा रंगशालामा वर्षाले ठुलो भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमानअनुसार त्यहाँ ९४ प्रतिशत वर्षाको सम्भावना छ ।
श्रीलंकाको मौसम विज्ञान विभागले पनि चिन्ताजनक सूचना जारी गर्दै दक्षिण–पूर्वी बंगालको खाडी क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास हुन सक्ने र त्यसले उल्लेख्य वर्षा गराउन सक्ने जनाएको छ । यदि खेल वर्षाका कारण रद्द (वाशआउट) भयो भने दुवै टोलीले अंक बाँड्नेछन्, किनकि यस खेलका लागि कुनै रिजर्भ डे राखिएको छैन ।
भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द भए दुवै टोलीलाई फाइदा पुग्ने देखिएको छ । खेल रद्द भए दुवै टोलीले १–१ अंक पाउनेछन्, जसले गणितीय रूपमा सुपर–८ मा भारत र पाकिस्तानको स्थान सुरक्षित गर्नेछ । यससँगै दुवै टोलीको अंक ५ पुग्नेछ ।
तर राम्रो नेट रन रेटका कारण भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिनेछ । पाकिस्तानका लागि पनि यो नतिजा लाभदायक हुनेछ । यस अवस्थामा सबैभन्दा ठुलो घाटा भने अमेरिका र नेदरल्यान्ड्सलाई हुनेछ । खेल रद्द भएमा उनीहरू आधिकारिक रूपमा प्रतियोगिताबाट बाहिरिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण