बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

सोमबार, ०४ फागुन २०८२, १५ : ३७
सोमबार, ०४ फागुन २०८२

काठमाडौँ । ललितपुर स्थित कारागार कार्यालय नख्खुबाट भागेका बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–७ फस्कु घर भएका २२ वर्षीय अनिष भुजेल उर्फ अशोक छन् ।

भोलढोका बस्दै आएका भुजेललाई आइतबार साँझ लगनखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी नख्खु कारागारबाट भागेका थिए । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भक्तपुर जिल्ला अदालतले उनलाई १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।

उनलाई थुनामा राख्न नख्खु कारागारमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप