आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

५ हजार ४१० थान चस्मा बरामद

सोमबार, ०४ फागुन २०८२, १६ : ०६
सोमबार, ०४ फागुन २०८२

काठमाडौँ । प्रहरीले बेवारिसे अवस्थामा ५ हजार ४१० थान चस्मा बरामद गरेकाे छ। आइतबार मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ घोघापुलबाट प्रहरीले बरामद गरेको हो । 

१४ वटा पोकाहरू अन्दाजी ५ लाख ४१  हजार बराबरको ५ हजार ४१० थान चस्माहरू, घोघापुलबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो । 

मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार बरामद चस्माहरू आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप