३ स्थानमा अझै पनि कांग्रेसका बागी उम्मेदवार
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका ३ नेताले बागी उम्मेदवारी फिर्ता लिएका छैनन्।
- कपिलवस्तु, सप्तरी र पर्सामा कांग्रेसका बागी उम्मेदवारहरू रहेका छन्।
- कांग्रेसले उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिने र कारबाही गर्ने तयारी गरेको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका ३ नेताले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् ।
कपिलवस्तु १ मा आषिश शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, भारतका लागि पूर्वराजदूत र पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा हुन् ।
कांग्रेसले त्यो क्षेत्रबाट अतहर कमाल मुसलमानलाई उम्मेदवार बनाएको छ । पार्टीको त्यो निर्णयविरुद्ध आषिशले उम्मेदवारी दिएका हुन् ।
सप्तरी ४ मा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति सिताराम शाहले उम्मेदवारी दिएका छन् । टिकटका आकांक्षी साहले पार्टीले तेजुलाल चौधरीलाई उम्मेदवार बनाएपछि विरोधमा बागी उम्मेदवारी दिएका हुन् । चौधरी ०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
पर्सा ४ मा पार्टीको प्रदेशसभा क्षेत्रीय सभापति रामलखन महतोले बागी उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो समय उनी पार्टीमा भने निस्क्रिय रहेको स्रोतले जानकारी दिएको छ । त्यो क्षेत्रबाट कांग्रेसले रमेश रिजाललाई उम्मेदवार बनाएको छ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिने समय तोकेर अल्टिमेटम दिन फागुन ८ गते शुक्रबार कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ ।
केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिको पहिलो बैठकले समय तोकेर अल्टिमेटम दिने र त्यो समयमा फिर्ता नलिए पार्टीबाट कारबाही गर्ने तयारी कांग्रेसको छ ।
अनुशासन समितिमा धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण