मिल्स भेट्रान्स गोल्डकप : आयोजक र जहदा सेमिफाइनलमा प्रवेश
विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा एभरेष्ट भेट्रान्स क्लब जहदा र आयोजक मिल्स भेट्रान्स (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगरस्थित जुटमिल खेलमैदानमा सोमबार भएको पहिलो खेलमा जहदाले मिल्स भेट्रान्स क्लब (निलो) लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकी खेल बराबरीमा सकिएपछि हार–जितको फैसला टाइब्रेकरबाट लिइएको थियो । उक्त खेलको ‘प्लेयर अफ द म्याच’ जहदाका गोलकिपर राजेन्द्र धिमाल घोषित भए ।
सोमबार नै भएको दोस्रो खेलमा आयोजक मिल्स एरिया भेट्रान्स क्लब (रातो) ले प्रकाशपुर भेट्रान्स क्लब सुनसरीमाथि ५–१ गोलको फराकिलो जित निकाल्यो । मिल्सको जितका लागि सुरज श्रेष्ठले दुई गोल गरे भने कमल खवास, दिलीप बास्कोटा र डेनिम राईले समान १–१ गोल थपे । प्रकाशपुरका तर्फबाट मुलिन सरकारले एक सान्त्वना गोल फर्काएका थिए ।
दोस्रो खेलको ‘प्लेयर अफ द म्याच’ मिल्सका सुरज श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल उर्लाबारी भेट्रान्स क्लब र युनाइटेड भेट्रान्स क्लब विराटनगरबीच हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण