पैदलयात्री कुट्ने जिप चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
सारांश
- बालुवाटारमा एक जिप चालकले पैदलयात्रीलाई कुटपिट गरेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो।
- सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले चालकको खोजी गरेको थियो।
- घटना काठमाडौंको चप्पल कारखाना नजिकै भएको र चालकले पैदलयात्रीलाई दुई झापड हानेको देखिन्छ।
काठमाडौँ । सडकमा हिँड्दै गरेका पैदलयात्रीलाई कुटपिट गर्ने जिप चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटार बस्ने पारस बमलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनले बा.३ च ११०३ नम्बरको जिपबाट ओर्लेर एक जना पैदलयात्रीलाई झापड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाबारे छानबिन गर्न बमलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी अधिकारीले जानकारी दिए ।
सामाजिक सञ्जालबाट भिडियो प्रसारण भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र ट्राफिक प्रहरीले जिप चालकको खोजी गरेका थिए । सो घटना काठमाडौँको चप्पल कारखाना नजिकैको भएको खुलेको छ ।
जिपबाट ओर्लिएर बमले पैदलयात्रीलाई ‘ओ जँड्याहा के भन्या तैँले ?’ भन्दै दुई झापड हानेको देखिन्छ । सँगै रहेकी महिलाले पनि पैदलयात्रीलाई भन्छिन्, ‘हानौँ तँलाई चप्पलले ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण