आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

मङ्गलबार, ०५ फागुन २०८२, २० : २८
मङ्गलबार, ०५ फागुन २०८२

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ ।

मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले भने, “बुबाको पहिचान नखुल्दा दर्नालले नागरिकता नपाएको अवस्थामा आज आमा वसन्ती दमाइँको नामबाट नागरिकता प्रदान गर्‍याैँ।”

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आदित्यलाई ०९–०१–८२–०३८१० नम्बरको नागरिकता प्रदान गरिएको हो । आवश्यक प्रक्रिया र कागजात पुगेकाले प्रशासनमा आएर आमाको नामबाट नागरिकता लिन सक्ने जनाइएको छ ।

नागरिकता लिनका लागि जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखितरूपमा स्वघोषणासमेत गरेको हुनुपर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप