महासचिव बास्तोलाको गिरफ्तारीप्रति नेकपा (बहुमत) को आपत्ति: यथाशीघ्र रिहा गर्न माग
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ।
- पार्टीले बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई संगठनात्मक कामको सिलसिलामा काठमाडौँबाट पक्राउ गरिएको जनाएको छ।
- पार्टीले चुनावको विरोधका क्रममा गरिएको गिरफ्तारीलाई लोकतान्त्रिक अधिकारको उपहास भन्दै मानवअधिकारवादी संघसंस्थालाई पहल गर्न अपिल गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ ।
पार्टीले मंगलबार राति प्रेस वक्तव्य जारी गर्दै पक्राउ परेका बास्तोलासहति पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको हो ।
जारी वक्तव्यमा महासचिव बास्तोला र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई संगठनात्मक कामकै क्रममा साँझ काठमाडौँको खिचापोखरीस्थित टेबहालबाट गिरफ्तार गरिएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिव कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी कमरेड विष्णु तिमिल्सिनालाई संगठनात्मक कामको सिलसिलामा भएको बेला आज मिति २०८२ फागुन ५ गते करिब ५ः४० बजे काठमाण्डौंको खिचापोखरी स्थित टेबहालबाट वर्तमान सरकारले गिरफ्तार गरेको छ । आजै देशव्यापी नेपाल बन्दको कार्यक्रम शान्तिपूर्णरुपमा र जनताको भरपुर सहयोगकासाथ सम्पन्न भए लगतै साँझको समयमा अत्यन्त कायरतापूर्ण शैलीमा गरिएको गिरफ्तारीप्रति पार्टी घोर भर्त्सना गर्दछ ।’
पार्टीले चुनावको विरोधका क्रममा गरिएको गिरफ्तारीलाई न्यूनतम लोकतान्त्रिक अधिकारको उपहास भन्दै संवाद र सहमति विपरीत कदम भएको टिप्पणी गरेको छ ।
साथै मानवअधिकारवादी संघ–संस्थालाई रिहाइका लागि पहल गर्न अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण