फागुन २१ मा पुराना दलका सटर बन्द गछौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन् ।
बुधबार धनगढीमा आयोजित 'परिवर्तन उद्घोष' सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरेका हुन् ।
‘फागुन २१ गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गर्ने हो । बाचा गर्ने पूरा नगर्ने नेताहरू तर वषौँसम्म सजाय पाउने जनता ? यस्तो हुन्छ ! अब जसले बाचा पूरा गर्दैन, त्यसले सजाय पाउनुपर्छ,’ रविले भने, ‘योपटक परिवर्तनको पक्षमा भोट हाल्नोस् । आज धेरै बोल्दैनौँ । योपटक मत नबाँड्नुहोला । तपाईंको निष्ठाको सम्मान गछौँ । राष्ट्रिय अवसर पूरा गर्न भोट हाल्नोस् ।’
कार्यक्रममा रविले सिंहदरबार जलेको मात्र कुरा गरेकोमा पनि असन्तुष्टि जनाए । जलेको बनाउने मात्र होइन, यसपालि बदलेर नै छाड्ने उनले प्रतिबद्धता जनाए ।
पुराना राजनीतिक दलहरूले ३५ वर्षसम्म काम नगरेको आरोप लगाउँदै रविले सुदूरपश्चिमको समस्या अब रास्वपाले पूरा गर्ने जिकिर गरे । उनले भने, ‘यहाँ मेडिकल, शिक्षा, स्वास्थ्यको समस्या छन्, त्यसलाई पूरा गर्ने हो । यो पटक भोट नबाँड्नुहोला । फेरि पनि भोट चोर्न आउनेछन् । दबाब दिन सक्छन्, कसैको डर नमानी परिवर्तनको पक्षमा भोट हाल्नोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण