शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको कोलोराडोमा सडक दुर्घटना, ४ जनाको मृत्यु

बुधबार, ०६ फागुन २०८२, १६ : ३५
बुधबार, ०६ फागुन २०८२

वासिङ्टन डीसी । अमेरिकी राज्य कोलोराडोमा ३० भन्दा बढी सवारी साधन ठोक्किँदा ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीले दुर्घटना बिहान करिब १० बजे भएको जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन्, जसमा केही सामान्य चोटग्रस्त छन् भने केही गम्भीर घाइते भएका छन् ।

दुर्घटनास्थलको उत्तरतर्फ मृत्यु भएको छ भने दक्षिणतर्फ सम्पत्ति क्षति मात्र भएको छ । एक पिकअप ट्रकमा ३२ बाख्रा थिए, जसमा चारको मृत्यु भएको छ भने बाँकी सुरक्षित बचाइएको छ। दुर्घटनाको वास्तविक कारण अझै अनुसन्धान भइरहेको छ ।

यसैबिच, कोलोराडोको पूर्वी भागमा आगो फैलिन सक्ने जोखिम बढेको छ र केही हवाई उडानहरू ढिलाइ भएका छन् । पश्चिमी भागमा भने हिमपातले केही राहत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप