लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो: अध्यक्ष दाहाल
सारांश
- राष्ट्रियसभा अध्यक्ष दाहालले लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण रहेको बताए।
- उनले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धनमा जोड दिए।
- दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको पालना गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नु मै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।
उनले प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको उल्लेख गरेका हुन् ।
अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाले नीति निर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील रहँदै आएको छ ।”
विसं २००७ को राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले देशको अग्रगामी परिवर्तन र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसङ्घर्ष र जनआन्दोलनमा योगदान गर्ने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
जारी शुभकामना सन्देशमा भनिएको छ, “जहानियाँ राणा शासनको अन्त गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था सुरुआत गरिएको फागुन ७ नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन हो । प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् संविधान सभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ ।”
अध्यक्ष दाहलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता एवम् देशको समृद्धि र विकासका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण