सङ्कटालाई हराउँदै एपिएफ फाइनल
उदयपुर । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडाैँविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।
आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन् ।
खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताए। अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी (एपिएफ) बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ ।
त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ । अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण