सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भेरी नदीमा हाम फालेकी महिला बेपत्ता

शुक्रबार, ०८ फागुन २०८२, २० : १८
शुक्रबार, ०८ फागुन २०८२

सुर्खेत । सल्यानकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँकी २१ वर्षीया पुष्पा सिंह रहेकी छिन् ।

पुष्पाको माइतीघर सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, पुष्पाले शुक्रबार दिउँसो १२ बजेतिर सोही नगरपालिकाको वडा नम्बर १ को जडागौडा स्थित री नदी माथि रहेको पक्की पुलबाट नदीमा हाम फालेकी थिइन् ।

लगत्तै उनका श्रीमान त्रीदेव मल्लले फोन गरेर इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराए ।

प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा ७ जनाको टोली खोजतलासमा खटिएको छ । यद्यपि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको सल्यान प्रहरीले जनाएको छ ।

बरु खोजतलासका क्रममा सोही वडाका ४१ वर्षीय जीतेन्द्र साहलाई नदीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गर्न सफल भएको थियो । 

घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप