अष्ट्रेलियन ब्रान्डको नाममा चिनियाँ सामान बेच्ने ‘शुभम हेल्थकेयर’लाई २ लाख जरिवाना
सारांश
- अष्ट्रेलियाको ब्रान्ड भन्दै चिनियाँ सामान बेचेकोमा 'शुभम हेल्थकेयर'लाई वाणिज्य विभागले कारबाही गर्यो।
- कम्पनीले उपभोक्तालाई झुक्याएर २ लाख १ हजार जरिवाना तिर्नुपर्यो र सामान फिर्ता गर्न निर्देशन दिइयो।
- कम्पनीको वित्तीय कारोबारमा समेत प्रश्न उठेपछि राजस्व र सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्दैछन्।
काठमाडौँ । अष्ट्रेलियामा उत्पादित ब्रान्ड भन्दै चिनियाँ सामानहरू नेपाली बजारमा बिक्री–वितरण गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘शुभम हेल्थकेयर’लाई कारबाही गरेको छ।
उपभोक्तालाई वस्तुको वास्तविक उत्पत्ति र गुणस्तरबारे भ्रममा पारेको भन्दै विभागले उक्त कम्पनीलाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको हो।
कम्पनीले ‘एआईडब्लुआईबिआई (AIWIBI) अष्ट्रेलिया’ ब्रान्डको नाममा सामानहरू बेचे पनि ती वस्तुहरू चीनमा उत्पादन हुने गरेको विभागको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।
सामानको लेबलमा ‘मेड इन पीआरसी’ मात्र लेखेर वास्तविक उत्पादकको नाम गोप्य राखेको पाइएपछि विभागमा उजुरी परेको थियो।

यसका साथै, कम्पनीले डाइपर र वाइप्सका लागि मात्र अनुमति पाएको जर्मनीको प्रसिद्ध ‘डर्मा टेस्ट’को लोगो तेल, साबुन, स्याम्पु लगायतका अन्य उत्पादनमा पनि प्रयोग गरेर उपभोक्तालाई झुक्याएको उजुरीमा उल्लेख छ। वाणिज्य विभागले त्रुटिपूर्ण लेबल भएका त्यस्ता सामानहरू बजारबाट तुरुन्त फिर्ता ल्याउन र आगामी दिनमा पारदर्शी व्यापार गर्न कम्पनीलाई निर्देशन दिएको छ।
ब्रान्डिङमा मात्र नभई कम्पनीको वित्तीय कारोबारमा समेत प्रश्न उठेको छ। सामान खरिद र भुक्तानी प्रक्रियामा एउटै सामानको मूल्य फरक–फरक राखिएका दुईथरी बिल भेटिएको र तेस्रो देशमार्फत भुक्तानी गरी वैदेशिक मुद्रा अपचलन गरेको आशङ्कामा उजुरी परेको छ।
यस विषयमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि थप छानबिन गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण