आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्रीय सुरक्षा समिति बैठकः रौतहट घटनामा सद्भाव कायम गर्न सबै पक्षमा आह्वान

शनिबार, ०९ फागुन २०८२, १९ : ४५
शनिबार, ०९ फागुन २०८२

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए । बैठकले आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उनले जानकारी दिए ।

उनले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरूबीच देखिएका विवाद र घटनाहरूको समीक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय पनि भएको बताए । सबै राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिताको पालना गर्न समेत बैठकले आग्रह गरेको उनले बताए ।

यस्तै, बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ । साथै रौतहटको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई आवश्यक निर्देशन दिइएको समेत काफ्लेले जानकारी दिए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप