रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्।
- पराजुलीले रास्वपाको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीले युवा राजनीति र प्रतिबद्धतालाई लत्याएको आरोप लगाए।
- पराजुलीसँगै रास्वपा मकवानपुरका चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । उनी रास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किएका हुन् ।
रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए । उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक नीराजन बर्तौला काङ्ग्रेसमा फर्किएका छन् ।
गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी १२ हजार ५९ मतसहित तेस्रो भएका थिए । रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्त्याएको आरोप लगाएका छन् ।
यस्तै उनले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको दाबी गरेका छन् ।
संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्याङ्कन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको पराजुलीको भनाइ छ । यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण