यी तीन फिल्मले १० लाख पनि आम्दानी गर्न सकेनन्
काठमाडौँ । फागुन १ गतेबाट एकसाथ प्रदर्शनमा आएका तीन फिल्म हुन् ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’ । यी तीनै फिल्मले राम्रो व्यवसाय भने गर्न सकेनन् ।
राम्रो व्यवसाय गर्न नसकेपछि बुधबारदेखि फिल्मको प्रदर्शन स्थगित गरिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट अनुसार कुनै पनि फिल्मले दश लाखसम्मको व्यवसाय गर्न सकेनन् ।
रमेश कोइरालाको निर्देशन रहेको फिल्म ‘बिगुल’ले बक्सअफिसमा ८ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मको टिकट २ हजार ६ सय ९ वटा बिक्री भएका छन्।
समसामयिक राजनीतिक मुद्दामा केन्द्रित कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह र सरोज खनाललगायत कलाकारहरूको अभिनय छ ।
त्यस्तै सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको ‘श्री बुकुरोः द होम कलिङ’ले बक्सअफिसमा २ लाख ७२ हजार ९३० रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ । यो अवधिमा ८ सय ५ वटा मात्र टिकट बिक्री भएका छन् । एउटा विशुद्ध पारिवारिक कथामा बनेको फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी शीर्ष भूमिकामा छिन् भने आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला र मोहन निरौलालगायतको अभिनय छ ।
कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म ‘शिवांश’को पनि व्यवसाय न्यून छ । फिल्मले बक्सअफिसमा २ लाख ६१ हजार ७५० रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ ।
यो अवधिमा फिल्मको टिकट ७ सय ८७ वटा बिक्री भएका छन् । भगवान शिवको पौराणिक कथावस्तुमा आधारित भनिएको यस फिल्ममा प्रवीण खतिवडा मुख्य भूमिकामा देखिएका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्ममा तेज गिरी र रुषा न्यौपानेको पनि अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण