कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
सारांश
- नेपाली कांग्रेसले फुटबल कप्तान सावित्री भण्डारी साम्बाको उपचारका लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको छ।
- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एन्फा अध्यक्षलाई फोन गरी सहयोगको जानकारी गराएका छन्।
- साम्बाले उपचारका लागि अनुरोध गरेपछि कांग्रेसले सहयोगको घोषणा गरेको हो, तर एन्फा र सरकारको पहल देखिएको छैन।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्स मार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् ।
उनले लेखेका छन्, 'एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु । देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी `साम्बा´ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ । उहाँलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु !'
साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन् ।
यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण