सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
शुक्रबार, १५ फागुन २०८२, ०८ : १३
सारांश
- सङ्खुवासभामा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्रबिन्दु टोप्के गोला नजिकै थियो।
- भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङका विभिन्न ठाउँमा महसुस गरिएको थियो।
- प्रारम्भिक रिपोर्ट अनुसार, मानवीय क्षति वा भौतिक संरचनामा कुनै क्षति भएको छैन।
काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४।७ म्याग्निच्युडको यो भूकम्प गएको हो ।
केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो।
जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
-
नमोबुद्धले ल्यायो ९१ करोड ३६ लाखको बजेट
-
मादीले ल्यायो ६५ करोडको बजेट, गुन्द्रुकको ब्रान्डिङ गर्ने
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण