गायिका मेनुका पौडेलको आँखाको उपचार सफल : भन्छिन्, ‘मेरो एउटा महत्त्वपूर्ण इच्छा पूरा भयो’
काठमाडौँ । नेपाली तथा भारतीय संगीत क्षेत्रमा आफ्नो जादुमयी स्वरले सबैको मन जित्न सफल गायिका मेनुका पौडेलको आँखाको उपचार प्रक्रिया आजबाट पूर्ण रूपमा सम्पन्न भएको छ। झण्डै ६ हप्ता लामो शल्यक्रिया र उपचारपछि उनी अहिले पूर्ण रूपमा स्वस्थ भएकी छन्।
आफू स्वस्थ भएको खुसीको खबर सामाजिक सञ्जालमार्फत साझा गर्दै उनले आफ्नो स्वास्थ्यका लागि प्रार्थना गर्ने सबै शुभचिन्तकहरूलाई हृदयदेखि नै आभार प्रकट गरेकी छन्। उपचारपछि मेनुकाको आँखामा प्रोस्थेटिक आँखा राखिएको छ।
धेरैले उनको दृष्टि फर्किएको हो कि भन्ने जिज्ञासा राखिरहेका बेला उनले यसबारे स्पष्ट पारेकी छन्। मेनुकाका अनुसार बनावटी आँखाका कारण उनले देख्न त सक्दिनन् तर सबैको माया र समर्थनका कारण आफूलाई थप ऊर्जावान् र सुन्दर महसुस गरिरहेकी छन्। उनले आफ्नो यो नयाँ स्वरूप र आत्मविश्वासका साथ सांगीतिक यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने अठोट लिएकी छन्।
मेनुकाको यो जटिल शल्यक्रिया काठमाडौँको तिलगंगा आँखा अस्पतालको विज्ञ टोलीले गरेको हो। उनले आफ्नो आँखाको शल्यक्रिया गर्ने डा. पूर्णिमा र आँखालाई सुन्दर बनाउन विशेष भूमिका खेल्ने डा. विजयसहित तिलगंगा अस्पतालको सम्पूर्ण टिमलाई धन्यवाद दिएकी छन्। आफ्नो जीवनको एउटा महत्त्वपूर्ण इच्छा पूरा गरिदिएको भन्दै उनले भगवानप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्।
सांगीतिक रियालिटी शो ‘इन्डियन आइडल’ बाट चर्चाको शिखरमा पुगेकी मेनुकाको दृष्टि नभए पनि उनको स्वर र सङ्घर्षले विश्वभरका नेपालीलाई प्रेरित गर्दै आएको छ। उनले आगामी दिनमा पनि आफ्नो सांगीतिक यात्रामा सबैबाट यसरी नै माया र साथ पाइरहने आशा व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण