फागुन २१ को चुनाव जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड
सारांश
- प्रचण्डले फागुन २१ को निर्वाचनलाई नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने जनमत सङ्ग्रहको रूपमा व्याख्या गरे।
- उनले निर्वाचनमा राष्ट्रिय एकताको पक्षमा उभिने शक्तिलाई मतदान गर्न आह्वान गरे।
- प्रचण्डले नेकपाको पक्षमा राम्रो नतिजा आउने दाबी गर्दै निर्वाचन हुनुलाई गर्वको विषय माने।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका छन् ।
शनिबार कपिलवस्तु कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर मुलुकको रक्षा गर्ने समय आएको भन्दै आगामी निर्वाचन जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने ठुलो जनमत सङ्ग्रहजस्तो भएको बताएका हुन् ।
उनले निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने शक्ति र राष्ट्रलाई सङ्कटमा धकेल्ने प्रवृत्ति समेत अहिले चुनावी प्रतिस्पर्धामा रहेको धारणा राखे । राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्ने या अरूलाई भन्ने एउटा अहम् प्रश्न मतदाताको अगाडि रहेको उनले बताए ।
प्रचण्डले मुलुकमा निर्वाचन हुने अवस्था सिर्जना हुनु नेकपाका लागि निकै गर्वको विषय भएको भन्दै पार्टीको पक्षमा राम्रै नजिता आउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण