ढुङ्गाना निलम्बनमा परेपछि लमजुङमा खनाललाई सीडीओको जिम्मेवारी
सारांश
- लमजुङका सीडीओ उमेश ढुङ्गाना निलम्बन भएपछि सहसचिव कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ।
- ढुङ्गानालाई यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी दर्ता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेको छ।
- अख्तियारले भारतीय चोरीका सवारी साधन दर्ता गरेको आरोपमा मुद्दा दायर गरेको हो।
काठमाडौँ । लमजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढुङ्गाना निलम्बनमा परेपछि सहसचिव कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले खनाललाई लमजुङको सीडीओको जिम्मेवारी दिइएको जानकारी रातोपाटीलाई दिए ।
ढुङ्गाना उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशमा सचिव (सहसचिव) रहँदा यातायात व्यवस्था कार्यालय नेपालगन्जमा भएको सवारी दर्ता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते ढुङ्गानासहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन वटा सवारी साधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो ।
बागमती प्रदेश ०१–०२६ च–७९४४ नम्बरको सवारी तथा बा १६ च ९१८३ नम्बरको सवारीसम्बन्धी नक्कली प्रज्ञापन पत्र, झुट्टा रसिद र गलत पत्र ब्यहोरा तयार गरी सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) जारी गरिएको थियो ।
सवारी धनीलाई जानकारी नदिई सरकारी अभिलेखमा प्रविष्ट गरी भन्सार छली सवारीलाई वैध बनाउने बदनियत देखिएको आयोगले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण