मकवानपुरमा मतदान सुरु
सारांश
- मकवानपुरमा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अन्तर्गत मतदान सुरु भयो।
- जिल्लाभर ३ लाख १५ हजार ३३४ मतदाता रहेकोमा, सुरक्षा संवेदनशीलताका आधारमा १९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ।
- मकवानपुरमा दुई निर्वाचन क्षेत्रमा मतदान हुँदैछ, जसमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन्।
मकवानपुर । फागुन २१ का लागि तोकिएको निर्वाचन अन्तर्गत मकवानपुरमा मतदान सुरु भएको छ । मकवानपुरको २ वटा क्षेत्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
निर्वाचनका लागि मकवानपुर जिल्लाभर १०२ वटा वडामा १६७ वटा मतदान स्थल र ३७४ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् भने मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एकरएक वटा मतदानस्थल रहेको छ । भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर मतदाता नामावलीमा ७५ जनाको मात्र नाम रहेको छ । जसमा ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन् । अरू कैदीबन्दीहरुको मतदाता सूचीमा नाम समावेश छैन ।
अस्थायी मतदान केन्द्रबाहेक मकवानपुरमा १६७ वटा मतदानस्थल रहेका छन् । ती मध्ये सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।
जिल्लाभर रहेका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको छ । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् ।
सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् भने राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा जिल्ला सुरक्षा समिति मकवानपुरले राखेको छ ।
यसैगरी जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौँडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।

यसैगरी मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउापालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् । मकवानपुरका १६७ वटा मतदानस्थलमा ३७४ वटा मतदान केन्द्र रहेका छन् ।
मकवानपुर– १ नम्बर निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५८ हजार ४३४ रहेको छ । यसैगरी मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रमा १०५ मतदानस्थलमा १९६ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५६ हजार ८९९ रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
-
ताकम र शिवाङमा सडक कालोपत्र
-
माछापुच्छ्रेको बजेट साढे ७० करोड, १२ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण