कर्णालीमा मतदान सुरु
सारांश
- कर्णाली प्रदेशमा बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।
- कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता रहेकोमा करिब ७० प्रतिशत मत खस्ने अनुमान छ।
- कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा १३८ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
सुर्खेत। कर्णालीमा मतदान सुरु भएको छ। बिहीबार बिहान ७ बजेदेखि प्रदेशका सबै मतदान स्थलहरूमा मतदान सुरु भइसकेकाले प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए।
कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता सङ्ख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता छन् । सुर्खेतमा २ लाख ४८ हजार ९३८ मतदाता छन् ।
दैलेखमा कुल मतदाता सङ्ख्या १ लाख ६१ हजार २०४ रहेको भने सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता छन् । डोल्पामा सबैभन्दा कम २४ हजार ११५, मुगुमा कुल ३६ हजार ३१, जुम्लामा ७१ हजार ७३९, कालिकोटमा ८५ हजार ४४६, हुम्लामा ३४ हजार ३७२ मतदाता रहेका छन् ।
यस्तै जाजरकोटमा १ लाख ७ हजार ९१, रुकुम पश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् ।
प्रदेशमा ०७९ को निर्वाचनसम्म १० लाख ६ हजार ८३४ जना मतदाता रहेका थिए । पुनः मतदाता भर्ना अभियानबाट २६ हजारभन्दा बढी मतदाता थपिएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङ बताउँछन् । योसँगै प्रदेशमा कुल मतदाताको सङ्ख्या १० लाख ३७ हजार २५० कायम भएको हो ।
कुल मतदान मध्ये करिब ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ।कर्णालीमा ९४१ मतदान स्थल र १४ सयभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ।
१० वटा जिल्ला रहेको कर्णालीमा १२ वट प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू छन् । सुर्खेत र दैलेखमा २र२ वटा र बाँकी जिल्लामा १र१ वटा । ती निर्वाचन क्षेत्रमा १३८ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
यो पटक विशेषगरी कर्णालीमा चार वटा राजनीतिक दलहरूबिच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल रास्वपा पनि चुनावी मैदानमा छ, सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण