शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने किशोर पक्राउ

बिहीबार, २१ फागुन २०८२, १४ : ०३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • रौतहटमा अर्काको नाममा भोट हाल्न खोज्ने एक जना पक्राउ परेका छन्।
  • राजपुर नगरपालिका-९ बौरियाका १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • अनाथालय मतदान स्थलमा महमद आसिकको नाममा भोट हाल्न खोज्दा उनी पक्राउ परेका हुन्।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्काको नाममा भोट हाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । बिहीबार राजपुर नगरपालिका–९ बौरिया बस्ने १८ वर्षीय अरजे हयातलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अनाथालय मतदान स्थलमा उनले महमद आसिकको नाममा भोट हाल्न भनेर लाइन बसेका थिए । इन्स्पेक्टर देवी राम भण्डारी नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अर्काको नाममा भोट हाल्न लाइन बसेको अवस्थामा भेटिएका नुजमा बेगम अचेत भएपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप