छतबाट खसेर गम्भीर घाइते बालकको हेलिकप्टरमार्फत उद्धार
बिहीबार, २१ फागुन २०८२, १६ : २५
बागलुङ । बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजारका दुई वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका हुन् ।
बिहीबार दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका पुन खसेर गम्भीर घाइते भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको हो ।
ढोरपाटन नगरपालिका–३, पुर्काेट घर भई बुर्तिबाङ बजारमा भाडाको घरमा बस्दै आएका घाइते हेन्सलको अवस्था गम्भीर देखिएपछि बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण