पूर्वउपसभामुख इन्दिरासँग ५ हजारभन्दा बढी मतले पछि परे पूर्वसभामुख घिमिरे
शुक्रबार, २२ फागुन २०८२, १७ : ०४
झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले फराकिलो अग्रता लिएकी छन् ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिराले ५ हजार ९९४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।
एमालेका उम्मेदवार तथा पूर्वसभामुख देवराज घिमिरेले जम्मा ९६९ मतमात्र प्राप्त गरेका छन् । उनी ५ हजारभन्दा बढी मतान्तरपछि पछि परेका छन् ।
सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ९२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरिता प्रसाईले ५९० मत प्राप्त गरेकी छन् ।
यहाँ राप्रपाका भद्रप्रसाद नेपालले ३६६ र नेपाली कम्युनिस्ट पार्टीकी धर्माशिला चापागाईले ११३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण