अपडेट
बारा–३ मा रास्वपा उम्मेदवारको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १९ : ०९
सारांश
- बारा-३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले अग्रता कायम राखेका छन्।
- कांग्रेसका फरमुल्ला मन्सुर दोस्रो स्थानमा छन्, उनले साहलाई पछ्याइरहेका छन्।
- कलैया उपमहानगरका १५ वटा वडामा मतगणना भइसकेको छ।
काठमाडौँ । बारा–३ मा रास्वपा उम्मेदवार अरविन्द साहले अग्रता कायमै राखेका छन् । शुक्रबार जारी मतगणनामा उनले १८ हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।
नेपली कांग्रेस उम्मेदवार फरमुल्ला मन्सुरले ४ हजार ९५४ मतका साथ साहलाई पछ्याइरहेका छन् ।
यस्तै जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार रामबाबु कुमार यादवले ३ हजार ७७ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका प्रमोद गुप्ताले १ हजार ९९७ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी ज्वालाकुमारी साहले १ हजार ५ सय ८ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) उम्मेदवार भरतप्रसाद साहले ४३३ मत पाएका छन् ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रहेका ३७ वटाहरु मध्ये कलैया उपमहानगरको १५ वटा वडाहरुमा मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण